प्रधानमन्त्रीको सचिवालयबाट राजीनामा दिने ६ जनाको राजीनामा स्वीकृत

कात्तिक २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट राजीनामा दिने ६ जनाको राजीनामा स्वीकृत भएको छ ।

मंसिर १ गतेदेखि लागू हुने गरी राजीनामा दिएकामध्ये प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा स्वीकृत भएको हो ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई भने यथावत रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले निर्देशन दिएपछि गत शनिबार प्रधानमन्त्रीको सल्लाहकार समूहका पदाधिकारी एवं स्वकीय सचिवालयका पदाधिकारीले सामूहिक राजीनामा दिएका थिए । राजीनामा बुझाउँदै उनीहरूले प्रधानमन्त्रीलाई आगामी कदम चाल्न सहज होस् भनेर राजीनामा दिएको बताएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.