उपनिर्वाचनका लागि स्थानीय तहमा आज मनोनयन दर्ता

कात्तिक २७, काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज बुधबार स्थानीय तहमा उम्मेदवारको मनोनयन दर्ता गराउने समय दिएको छ।

विहान १० बजेदेखि दिउँसो १ बजेभित्र जिल्लास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर दल वा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन् । धरान उपमहानगरपालिका सहित तीन गाउँपालिका र ४३ वडामा रिक्त अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि संघीय र प्रदेशसभा क्षेत्रमा भने कात्तिक २१ गते नै उम्मेदवारी दर्ता भइसकेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.