शिल्पकार उत्पीडित मुक्ति समाजको बिस्तारित बैठक सम्पन्न

कात्तिक २४, काठमाडौँ । शिल्पकार उत्पीडित मुक्ति समाज नेपालको केन्द्रीय कमिटीको बिस्तारित बैठक सम्पन्न भएको छ ।

शनिवार काठमाडौँको जोरपाटिमा शिल्पकार उत्पीडित मुक्ति समाज नेपालका अध्यक्ष चित्रबहादुर रसाईलीको अध्यक्षमा बसेको विस्तारित बैठकबाट भावी रणनीति र संगठनलाई चलयमान बनाउन उपत्यका स्तरिय ११ सदस्य रहेको कमिटि निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवि वर्गहरुको सीप र क्षमताको मूल्याकंन गराई उनीहरुको हकहित र अधिकारका लागि लड्न संगठनको आवश्यकता रहेको भन्दै शिल्पकार उत्पीडित मुक्ति समाज जन्मिएको अध्यक्ष रसाईलीले बताएका छन् ।

कला, सीप र क्षमताबाट पहिचान राख्न सफल भएको हाम्रो मुलुकमा अझै रुढिबादी पराम्परा र छुवाछुत, जातीय विभेद, हिंसा जस्ता अमानवीय व्यवहारले रुमालिएको समाजलाई आक्रान्त बनाईरहेको बेला संगठन निर्माण गरि सर्वोहितका पक्षमा आवाज बुलन्द पार्न आफूहरु सम्बन्धित पक्षसंग छलफल र वकालत गर्दै अघि बढ्ने अध्यक्ष रसाईलीले बताए ।

निकट भविश्यमा राजनीतिक दलको रुपमा जान सक्ने अठोटका साथ संगठन बिस्तार कार्यलाई तिब्रता दिन केन्द्रिय कार्यसमितिमा ५१ सदस्य सहित देशभरबाट प्रतिनिधित्व गराएको अध्यक्षले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.