प्रहरीलाई एक हजार घुस दिन खोज्ने राई पक्राउ

कात्तिक २२, काठमाडौं । ड्युटीमा खटिएका प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ परेका छन ।

काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित ड्युटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने उदयपुर त्रियुगा नगरपालिका(३ घर भएका २९ वर्षीय देवकुमार राई पक्राउ परेका हुन ।

मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको अवस्थामा उनलाई प्रहरीले फेला पारी कारवाही गर्ने क्रममा चालक राईले प्रहरीलाई उक्त नगद दिन खोजेपछि नगद सहित उनलाई नियन्त्रणमा लिएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.