दिल्ली प्रहरीको विरोध प्रदर्शन ११ घण्टामा टुंगियो

कात्तिक २०, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा करिब ११ घण्टासम्म चलेको प्रहरीको विरोध प्रदर्शन उच्च अधिकारीहरुले आश्वासन दिएपछि टुंगिएको छ ।

दिल्लीको तीस हजारी अदालत परिसरको बाहिर गएको शनिबार प्रहरी र वकिलका बीचमा झडप भएपछि मंगलबार दिउँसो ठूलो संख्यामा प्रहरीहरु दिल्ली पुलिस हेडक्वार्टरको बाहिर प्रदर्शन गरेका थिए । राति करिब ८ बजे दिल्ली प्रहरीले आफ्नो धर्ना अन्त्यको घोषणा गरेका थिए । उनीहरुलाई कुनै लिखित आश्वासन नदिइए पनि माग पूरा गर्ने वचन दिइएको जनाइएको छ । उनीहरुलाई दिल्ली हाइकोर्टमा तीस हजारी कोर्टको बाहिर भएको हिंसाका बारेमा पुनर्विचार याचिका दर्ता गर्ने आश्वासन दिइएको छ । धर्नामा बसेका प्रहरीले प्रहरी संघ बनाउन पाउनुपर्ने, घाइते प्रहरीको उपचार हुनुपर्ने, निलम्बित प्रहरीलाई बहाली गर्नुपर्ने, वकिलको विरुद्धमा कारवाही गर्नुपर्ने र उनीहरुको लाइसेन्स फिर्ता लिनुपर्ने माग गरेका थिए । तीस हजारी कोर्टमा शनिबार वकिल र प्रहरीबीच पार्किङ्गको विषयलाई लिएर झगडा भएको थियो । –बीबीसी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.