नमोबुद्धमा बृद्ध दम्पतीको हत्या

कात्तिक १९, काठमाडौँ । काभ्रेको नमोबुद्ध – ८ हटियामा बृद्ध दम्पतीको शव फेला परेको छ। अन्दाजी ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र ५० वर्षीय रुकुमाया श्रेष्ठको शव फेला परेको हो।

जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले घरमै चियापसल संचालन गर्दै आएका दम्पतीको धारिलो हतियार प्रयोग गरि गएराति हत्या गरिएको जानकारी दिए। घटनास्थलमा बियरका बोतल, गाजा र सुर्तीको धुलो समेत भेटिएको उनले बताए। घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.