कात्तिक १८, काठमाडौँ । पर्सामा हत्या गरिएकी महिला जीराभवानी (३,परसवाकी १८ बर्षीय नितुदेवी पाशवान रहेको खुलेको छ।
भारत बिहार पचरुखी सेढवा माइतीघर भएका नितुदेवीको शव ठोरी– ५, ठूलो बाघमोर्चा नजिकैको ओरिया खोला किनारछेउको जङ्गलमा फेला परेको थियो ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा मृतकको पति रामबाबु पाशवानलाई पक्राउ गरेको छ छ।पक्राउ परेका पाशवानलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । कपिलदेव र नितुदेवीबिच एक वर्षअघि बिबाह भएको थियो ।

