त्रिवि उपकुलपतिमा डा बास्कोटा नियुक्त

कात्तिक १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा धर्मकान्त बास्कोटा नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनलाई उपकुलपति बनाउने निर्णय गरेको हो। उपकुलपतिमा डा बास्कोटासँगै डा भगवान कोइराला र चन्द्रमणि पौडेल सिफारिस भएका थिए। डा कोइरालालाई आजै नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरिएको छ। डा बास्कोटाको नेपाल मेडिकल काउन्सिल अध्यक्षको पदावधि केही महिनाअघि मात्रै सकिएको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.