कात्तिक १६, काठमाडौँ । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले अतिक्रमणमा परेको सार्वजनिक जग्गा सरकारलेल फिर्ता ल्याउने बताएका छन् । कामनपा वडा नम्बर ४ धुम्बाराहीमा धन्मन्तरी पार्कको शनिबार उद्धघाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले देशभर अतिक्रमणमा परेको जग्गा सरकारले फिर्ता ल्याउने बताएका हुन् ।
‘सार्वजनिक सम्पत्ति जनताको हो,’ उनले भने, ‘सार्वजनिक सम्पत्तिको संरक्षणमा जनता जुट्नुपर्छ ।’ सार्वजनिक सम्पत्तिको संरक्षणमा सहभागि हुन उनले जनतालाई आग्रहसमेत गरे । ‘राम्रो काममा जनता सहभागि हुनुपर्छ,’ मन्त्री पोखरेलले भने, जनता सक्रिए भएमात्र सम्पत्तिको संरक्षण हुन्छ ।
सार्वजनिक जग्गामा पार्क बनाउँछौं ः सांसद शिलवाल
त्यस्तै, नेकपा केन्द्रिय सदस्य एवं प्रदेश सांसद नारायण शिलवालले सार्वजनिक जग्गामा पार्क निर्माण गरेर संरक्षण गर्ने बताए । ‘काठमाडौं क्षेत्र नम्बर ५ मा रहेका सार्वजनिक जग्गामा पार्क बनाउँछौं,’उनले भने, ‘धन्मन्तरी पार्क यसैको सुरुवात हो ।’ संसद शिलवालले प्रदेश सरकारले पार्कको स्तरोन्नतीमा सहयोग गर्ने बताए ।

‘संघीय संरचनामा जाँदा विकासका काममा केही ढिलाइ भएको भन्दै सांसद सिलवालले अहिले विकासका कामले गति लिएको बताए ।
‘काठमाडौंबासीले छिट्टै मेलम्चीको पानी खान पाउँछन्,’ उनले भने, अब काठमाडौंमा काकाकुलको अवस्था आउँदैन ।’ धुम्बाराही धन्मन्तरी पार्क प्रदेश सरकारको बजेट र धुम्बाराही धन्मन्तरी क्लबको संयोजनमा बनाइएको हो । साढे १२ लाखमा पार्क निर्माण गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष मोहन विष्टले बताए ।

