सिपाघाट फुटबल कपको उपाधी झम्सिखेल युवा क्लबलाई

कात्तिक ११, काभ्रे । प्रथम सिपाघाट फुटबल कप २०७६ को उपाधी झम्सिखेल युवा क्लबले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा सिपाघाट फुटबल क्लब ए लाई ३–० ले पराजित गरेसँगै झम्सिखेल युवा क्लब प्रथम हुन सफल भएको हो । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं ६ सिपाघाटमा प्रथम सिपाघाट फुटबल प्रतियोगिता भएको हो ।

सिपाघाट फुटबल क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगिता नगरपालिकाकै पहिलो र ठूलो खेल हो । यसमा २८ वटा टिमहरुको सहभागिता रहेको थियो । गएको कार्तिक १ गते शुरु भएको खेलको आइतबार फाइनल भएको थियो । खेलमा प्रथम हुने टिमलाई नगद ५५ हजार , दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार नगद राशीको पुरस्कार तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.