हाँडीगाउँमा चाडपर्व लक्षित सचेतनामूलक कार्यक्रम

कात्तिक १०, काठमाडौँ । काठमाडौंको हाँडीगाउँमा चाडपर्व लक्षित सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।

प्रहरी र धन्वन्तरी समाज र सामुदायिक संगमले संयुक्त रूपमा सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा जथाभावी पटाका नपड्काउन, होहल्ला नगर्न, राति अबेरसम्म देउसीभैलो नखेल्न टोलीले सबैलाई सचेत गराएको धन्वन्तरी फुटसलका अध्यक्ष मदन कोइरालाले जानकारी दिए । त्यस्ता गतिविधिमा संलग्न भएको पाइएमा तत्काल प्रहरी कन्ट्रोल नम्बर १०० वा १०३ मा फोन गर्न प्रहरीले सबैलाई आग्रह गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.