संचारमाध्यमले आफ्नो चरित्र हत्या गरेको सांसद बानियाँको आरोप

कात्तिक १०, काठमाडौँ । प्रदेश सभा सांसद इन्द्र बानियाँले केही संचारमाध्यमले आफ्नो चरित्र हत्या गरेको बताएका छन्।

पूर्व गृहराज्यमन्त्रीसमेत रहेका बानियाँले संचारमाध्यममा आएको समाचार गलत रहेको भन्दै आफू घरमै रहेको जानकारी दिए। “संचारमाध्यमले मलाई सम्पर्क समेत नगरी समाचार प्रकाशन गरेछन्, मेरो चरित्र हत्या गरियो । ” बानियाँले भने । उनले आफू शनिबार गृह जिल्ला हेटौँडाबाट काठमाडौँ आएको र अहिले घरमै रहेको जानकारी दिए ।

केही संचारमाध्यमले जुवाखालबाट बानियाँ पक्राउ परेको समाचार लेखेका थिए। मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश २ बाट विजयी प्रदेशसभा बानियाँ मकवानपुर कांग्रेसका सभापति हुन् । प्रहरीले शनिबार राति राजधानीको महाराजगन्जमा जुवाखालबाट २ करोड ६७ लाख नगद र ३ लाखको चेकसहित २५ जनालाई पक्राउ गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.