तिहारका लागि ८० करोड रुपैयाँ बराबरको विद्युतीय बत्तिको आयात

कार्तिक ६, काठमाडौं । तिहार नजिकिएसँगै विद्युतीय बत्तिको व्यापार पनि बढेकाे छ । यस वर्षको तिहारका लागि मात्रै ८० करोड रुपैयाँ बराबरको विद्युतीय बत्तिको आयात भएको छ । तिहार नजिकिन केही दिन मात्र बाँकी रहदा शहर–बजारमा विजुलीबाट बल्ने बत्तीले घर सजाउन शुरु भइसकेको छ भने गाउँघरमा पनि यस्तो चलन बढ्दै गएको छ ।

पछिल्लो समय तिहारमा दियो र मैनवत्तीको स्थान विस्तारै विजुली बत्तिले लिन थालेको छ । भन्सार विभागको तथ्याङक अनुसार चालुवर्ष तिहारलाई लक्षित गरी ८० करोड रुपैयाँ बराबरको झिलिक मिलिक बल्ने बत्तिको आयात भएको छ । चीनबाट मात्रै ७० करोड रुपैयाँ बराबरको आयात भएको छ ।

बाँकी १० करोड रुपैयाँको भारतबाट आयात भएको भन्सार विभागले जनाएको छ । व्यवसायीहरुले दशैंअघि देखिनै झिलिमिलि बत्ति आयात गर्न थालेका थिए । व्यवसायीका अनुसार गत वर्ष आयात भएको ४० प्रतिशत सामान स्टक छ । केही व्यवसायीले झिलिमिली बत्ति बढी जसो कमसल विग्रिहाल्ने खालका मात्र आयात हुने भएकाले नयाँ सामान खरिद नगरी पुरानै स्टक सामान मात्र विक्रिगरीरहेको बताउँछन ।

थोक बजारमा झिलिमिल बत्तिको गुणस्तर अनुसार ५० देखि ३ हजार सम्मका पाईन्छन । यस वर्ष साधरण बत्तिको थोक बजारमै १२५ रुपैयाँ सम्म कायम छ । व्यवसायीहरुले गत वर्षकै दरमा बक्तिहरुको विक्रि हुदै आएको बताए पनि सर्वसाधारणले भने गतवर्षको तुलनामा महँगो नै भएको बताउँछन ।

बजारमा देवी–देवताका फोटोमा जोडिएको बत्ती र इलेक्ट्रिक दियोवाला बत्ती पनि आउन थालेका छन । झिलिमिली बत्तीको विक्री र प्रयोगसँगै तिहारको समयमा विद्युतको मागमा पनि अत्यधिक वृद्धि हुने गर्छ । तर, नेपाल विद्युती प्राधिकरणले तिहारमा विद्युत आपूर्ति सहज हुने बताएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.