कार्तिक ५, सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–१ रामपुरस्थित विशेश्वर यादवको गोठमा बाँधेको भैँसीको डोरी खोलेर चोरी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार साँझ तीन जनालाई नियन्त्रणमा लिएको छ।
भैँसी चोरी गर्दै गरेको अवस्थामा सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ का २६ वर्षीय मो रफिल मियाँलाई नियन्त्रणमा लीएको छ । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीलाई अन्य साथीसमेत चोरीमा संलग्न रहेको भनी बयान दिएका आधारमा थप दुईलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।
सो क्रममा खोजतलास गर्दै जाँदा ज१च १२०१ नंको पिकअपसहित भैँसी लोड गर्न रुपनीचोकमा बसिराखेको अवस्थामा सिरहा महेशपुर पतारी गाउँपालिका–४ का ३५ वर्षीय नसरुल मियाँ र धनुषा गणेशमान चारनाथ नगरपालिकाका २८ वर्षीय नारायण बुढाथोकीलाई पिकअपसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

