सुजन पाख्रीन
कार्तिक ४, हेलम्बु । स्वास्थ , अनुशासन , लगनशीलता , खेलाडि उत्पादन हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ विजया दशमी तथा शुभ दिपावलिको अवसरमा दोस्रो हेलम्बु गाउँपालिका स्तरिय फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
हेलम्बु गाउँपालिकामा सक्रिय रहेको न्यु राईजिङ युवा क्लबले यहि असोज २५ देखि कार्तिक ३ गते सम्म प्रतियोगिता गरेको थियो । हेलम्बु गाउँपालिका भित्र रहेको प्रतिभालाई प्रोत्साहनस्वरुप अवसर प्रधान गर्ने , खेलाडी उत्पादन गर्ने संगै हेलम्बु लाई खेलखुदको माध्यमबाट देशब्यापी चिनाउने उदेश्य स्वरुप आयोजना गरेको उक्त प्रतियोगिताको बिजेता आयोजक टोली न्यु राईजिङ युवा क्लब भएको थियो भने दोस्रो पाल्चोकी माई युथ क्लब हुदा देबेस्थान युवा क्लबले तेस्रोमा चित्त बुझाएका थिए । आइतबार भएको फाइनल खेलमा न्यून राईजिङ युवा क्लबले पाल्चोकिमाई युथ क्लब लाई ३ -० गोल अन्तरले जितेको थियो । न्यून राईजिङ्को जितमा कार्साङ तामाङको उत्कृष्ट प्रदर्शन रहेको थियो उनले आफ्नो क्लबलाई उपाधि दिलाउन ३ गोल गर्न सफल भएको थियो । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका कार्साङ तामाङ प्रतियोगिता भरी सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेको थियो त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी पाल्चोकिमाईका दोर्जे सिङ्देन हुन सफल हुदा उत्कृष्ट गोलकिप्पर न्यु राईजिङ्का टासी तामाङ भएको थियो । उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने क्लबले क्रमशः रु ५०,०००।- (पचास हजार) , रु २५,०००।- (पच्चिस हजार) र रु १०,००० (दश हजार) नगद सहित ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

हेलम्बु गाउँपालिका-२ किउल गनेस्यबगरमा भएको उक्त प्रतियोगिताको अन्तिम दिन पुरस्कार वितरण कार्यक्रम तथा सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथि रहेको हेलम्बु गाउँपालिका प्रमुख निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाको तर्फ बाट खेलाडी र क्लबलाई हौसला स्वरुप पहिलो , दोस्रो र तेस्रोहुने टोलिलाई क्रमश ६०,०००|- ,४०,०००|- र २५,०००|- नगद दिने घोषणा गरेको थियो भने सर्वाधिक गोलकर्ता लाई रु २०,०००|- , उत्कृष्ट खेलाडीलाई रु १०,०००|- र उत्कृष्ट गोल रक्षकलाई रु १०,०००|- नगद दिने समेत घोषणा गरेको थियो ।


