असोज २९, काठमाडौँ । नेपाल प्रहरीले चार किलोग्राम चरेससहित दुई युवालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले अवैधरूपमा नसालु पदार्थ बोकेर हिँडिरहेका जाजरकोटका २३ वर्षीय भुवन बुढामगर र २८ वर्षीय नवीनप्रकाश पुनलाई मङ्गलबार साँझ समातेको हो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले झोलामा चरेस बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई गोङ्गबुबाट पक्राउ गरिएको जानकारी दिनुभयो । “नसालु पदार्थ बेचबिखन गर्न हिँडेको भन्ने अनुसन्धानमा खुल्न आएको छ”, उहाँले भन्नुभयो ।

