महिला भलिबल टोलीको बिदाइ

असोज २८, काठमाडौं । थाइल्याण्डमा वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली महिला राष्ट्रिय भलिबल टिमको बिदाइ गरिएको छ ।

मंगलबार नेपाल भलिबल संघले प्रशिक्षणमा जाने खेलाडीहरुको बिदाइ गरेको हो । नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल, संघका अध्यक्ष मनोरन्जन रमण शर्मा लगायतले विदा गरे । नेपाली टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) र एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीका लागि थाइल्याण्ड जान लागेको हो । एभिसी सेन्ट्रल जोन कात्तिक २२ देखि २७ गतेसम्म सञ्चालन हुँदैछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.