प्रारम्भ खबर
असोज २७, हेलम्बु । स्वास्थ , अनुशासन , लगनशीलता , खेलाडि उत्पादन हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ विजया दशमी तथा शुभ दिपावलिको अवसरमा दोस्रो हेलम्बु गाउँपालिका स्तरिय फुटबल प्रतियोगिता यहि असोज २५ गते देखि सन्चालन भैरहेको छ ।

हेलम्बु गाउँपालिकामा सक्रिय रहेको न्यु राईजिङ युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा गाउँपालिकाले विशेष सहयोग गरेका छन् भने सोहि हेलम्बु गाउँपालिका २ का वडा अध्यक्ष छिरिङ ग्याल्बु लामाले पनि हेलम्बु गाउँपालिकाको खेलकुद बिकासको लागि युवाहरुलाई हौसला स्वरुप उक्त प्रतियोगिता सफल गराउनका लागि क्लबलाई आफ्नो १ महिनाको तलब दिने प्रतिबद्धता दिएका छन् । त्यस्तै हेलम्बु गाउँपालिका ३ का युवा समाजसेवी प्रेम सिङ तामाङले आयोजक टिमलाई जर्सी उपलब्ध गराएका छन् । हेलम्बु गाउँपालिका भित्र रहेको प्रतिभालाई प्रोत्साहनस्वरुप अवसर प्रदान गर्ने , खेलाडी उत्पादन संगै हेलम्बु लाई खेलखुदको माध्यमबाट देशब्यापी चिनाउने उदेस्य रहेको यस प्रतियोगितालाई सफल बनाउनका लागि प्रत्येक्ष तथा अप्रत्येक्षरुपमा सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद दिदै अन्य सहयोगि मनहरुमा सहयोग गर्नुहुन आयोजक क्लबका अध्यक्ष सुनिल दोङले अनुरोध गरेका छन् ।

हेलम्बु गाउँपालिका-२ किउल गनेस्यबगरमा भैरहेको उक्त प्रतियोगितामा हेलम्बु गाउँपालिका भित्रका क्लब तथा खेलाडीहरुले सहभागिता जनाएका छन । उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने लाई क्रमशः रु ५०,०००।- (पचास हजार) , रु २५,०००।- (पच्चिस हजार) र रु १०,००० (दश हजार) नगद सहित ट्रफि , मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

