असोज २७, एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले इक्वेडरमाथि शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
शानदार जित अर्जेन्टिनाले ५ गोल गर्यो भने एक गोल उपहार स्वरुप पायो । अर्जेन्टिनालाई शानदार जित दिलाउनको लागि लुका अलारियोले, लियान्ड्रो पाराडेशले, जर्मन पेजेल्ला, निकोलास डोमिनगुई र लुका ओकाम्पोस समान एक।एक गोल गरे ।
इक्वेडरका खेलाडि जोन जाइरोले आत्मघाती गोल गर्दा अर्जेन्टिनाले उपहार स्वरुप एक गाेल पाएकाे थियाे । इक्वेडरका लागि एन्जल मिनाले एक गोल फर्काए ।
खेलको २०औं मिनेटमा अलारियोले पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । २७औं मिनेटमा जोन जाइरोले आत्मघाती गोल गरेपछि अर्जेन्टिना २-० गोल अन्तरले अघि बढ्यो ।
त्यसपछि खेलको ३२औं मिनेटमा पेनाल्टीमा पाराडेशले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा ३-० को अग्रता दिलाए ।
दोस्रो हाफमा अर्जेन्टिनाले ३ गोल थप्यो भने १ गोल खायो । ४९ औँ मिनेटमा इक्वेडरका एन्जल मिनाले गोल गर्दै खेल ३-१ मा झारे ।
खेलको ६६औं मिनेटमा पेजेल्लाले गोल गर्दै अर्जेन्टिनालाई ४-१ को अग्रता दिलाए । खेलको ८२औं मिनेटमा डोमिनगुईले र ८६औं मिनेटमा ओकाम्पोसले गोल गर्दै अर्जेन्टिनालाई ६ १ गोल अन्तरले खेल जिताए ।

