बसले कारलाई ठक्कर दिंँदा ५ जना घाइते

असोज २६, चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलताल नजिक बसले कारलाई ठक्कर दिंँदा कारमा सवार ५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका वडा नम्बर २९ अन्तर्गत सिमलतालमा नारायणगढबाट काठमाडौंतर्फ आउँदै गरेको ना७ख १७७ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको बा१६च ३५१८ नम्बरको कारलाई आज बिहान ८ बजे ठक्कर दिँदा कारमा सवार चालकसहित ५ जना घाइते भएका हुन् ।

घाइते सबैको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बसका चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.