बम काण्ड आरोपमा कांग्रेस सांसद आलम पक्राउ

असोज २६, काठमाडौं । २०६४ सालमा रौतहटमा बम विस्फोट काण्डमा संलग्न रहेको आरोपमा नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य अफताव आलम पक्राउ परेका छन् ।

उनी पूर्व श्रममन्त्री समेत हुन् । आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए । प्रहरीका अनुसार ०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टीमा जलाएर मारेको आरोप आलममाथि छ । मारिएकामध्ये दुईजनाका परिवारले आलमविरुद्ध जाहेरी दिएका थिए । आलम रौतहट–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.