राष्ट्रपति चिनफिङलाई २१ तोपको सलामी, विमानस्थलमै गार्ड अफ अनरको सम्मान

असोज २५, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई २१ तोपको सलामी अर्पण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको हो ।

राष्ट्रपति सी लाई विमानस्थलमै गार्ड अफ अनरको सम्मान पनि दिइएको छ । सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि नेपाली सेनाको टोलीले दुवै देशको राष्ट्रिय गानको धून बजाउनुका साथै सम्मानगारत अर्पण गरेको हो । दुई दिने नेपालको राजकीय भ्रमणमा आएका सी लाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । भारतको चेन्नाईबाट सिधै काठमाडौं ओर्लिएका सी को स्वागतका लागि राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्रीहरु लगायत विमानस्थल पुगेका थिए ।

२३ वर्षपछि उत्तरी छिमेकी मुलुक चीनबाट भएको राजकीय भ्रमणलाई दुवै देशले निकै महत्व दिएका छन् । सी को भ्रमणलाई लिएर उच्च सुरक्षा सतर्कता अपनाईएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.