असोज २५, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा ५ घण्टा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुने भएका छन् । ‘सी’ आउने दिन आज र जाने दिन भोलि विमानस्थलको उडान तथा अवतरण तालिका प्रभावित हुने भएको हो।
जस अनुसार विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले ‘नोटाम’ जारी गरिएको जानकारी दिएका छन्। शनिबार दिउँसो २ः५५ देखि ५ः५५ बजे विमानस्थल बन्द गरिने भएको छ । आइतबार बिहान पनि ११ः२० देखि १ः५० बजेसम्म अन्तराष्ट्रिय उडान प्रभावित हुनेछ । शनिबार ३३ वटा उडान तालिका परिवर्तन गरिएका छन् । त्यस्तै आइतबार ५४ विमानको उडान प्रभावित हुनेछ ।




