बालुवाटारमा पूर्व-प्रधानमन्त्री र पूर्व-परराष्ट्रमन्त्रीहरूकाे भेला

असोज २३, काठमाडौं । चिनिया राष्ट्रपतिकाे नेपाल भ्रमणकाे पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पूर्व-प्रधानमन्त्री तथा पूर्व-परराष्ट्रमन्त्रीहरूलगायत सराेकारवालाहरूकाे भेला बाेलाएका छन ।

चिनियाँ राष्ट्रपति सी चिङफिङको शनिबार हुन लागेको नेपाल भ्रमणबारे सुझाव, परामर्श तथा एजेन्डामा छलफलका लागि उक्त भेला बाेलाइएकाे हाे । छलफलमा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, राजदूत एवं परराष्ट्र मामिलाका विज्ञहरुसँग सहभागी छन ।

छलफलमा प्रधानमन्त्री ओलीसँगैको पंक्तिमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बसेका छन । पूर्व-प्रधानमन्त्रीहरूकाे हैसियतमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा। बाबुराम भट्टराई तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी लगायत छलफलमा सहभागी छन । यसैगरी पूर्व परराष्टमन्त्रीहरूकाे हैसियतमा नारायणकाजी श्रेष्ठ, महेन्द्रबहादुर पाण्डे, सुजाता कोइराला, प्रकाशशरण महत, रमेशनाथ पाण्डे लगायत छलफलमा सहभागी छन ।

राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा उठाउने एजेण्डाबारे छलफल चलाइएकाे हाे । नेपालमा २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको तर्फबाट हुन लागेको उच्चस्तरीय भ्रमणलाई प्रभावकारी बनाउन तथा सो क्रममा हुने सम्झौताका विषयबारे छलफल पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको बालुवाटार स्रोतले जानकारी दियो ।

यो बैठक विगतकै प्रचलनको निरन्तरता हो । कुनै उच्चस्तरीय राजकीय भ्रमणका वेला केकसरी व्यवस्थापन गर्ने र कसरी प्रस्तुत हुने भन्नेबारे धारणा माग्न पूर्वप्रधानमन्त्रीहरूसँग सल्लाह, छलफल गर्ने प्रचलन रहिआएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.