चिनियाँ राष्ट्रपति सीको स्वागतमा राखिएको ब्यानर च्यात्ने २ जना समातिए

असोज २३, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन फिङको स्वागतका लागि भइरहेको तयारीलाई बिथोल्ने गतिविधी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।

बिजुली बजार पुल, तिनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातेको आरोपमा प्रहरीले गोपाल सार्की र राजकुमार ठाकुरलाई पक्राउ गरेको हो । उनीहरु दुबैलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । पक्राउ परेका दुई जनामाथि अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ।

शनिबार नेपाल आउन लागेका राष्ट्रपति सिको स्वागतका लागि केही दिनअघिबाट सरकारले भब्य तयारी थालेको छ भने सुरक्षा व्यवस्था कडा पारेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.