असोज २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री, परराष्ट्रमन्त्री र राजदूतसहित विज्ञहरुको बैठक बोलाएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको शनिबार हुन लागेको भ्रमणको अवसर पारेर प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।
विदेशी राष्ट्रबाट हुने राजकीय भ्रमणको समयमा आफ्नो तर्फबाट कसरी प्रस्तुत हुने भन्ने एजेण्डा तय गर्न पूर्व प्रधानमन्त्री र विज्ञहरुसँग छलफल गर्ने प्रचलनअनुसार प्रधानमन्त्री ओलीले बैठक डाकेको प्रधानमन्त्रीका विदेश मामिलाका सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए।

