ऋण लिएर मनाएको चाडपर्वमा शुभकामना नलाग्ने

प्रारम्भ खबर ।
असोज १६, काठमाडौँ । काठमाडौँ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सांसद कृष्ण राईले ऋण लिएर मनाएको चाडपर्वमा कोही कसैले दिईएको वा लिइएको आर्शिवाद तथा शुभकामना नलाग्ने बताएका छन् ।

प्रारम्भ खबरले आयोजना गरिएको चाडपर्व केन्द्रित विसंगति न्यूनिकरणमा सञ्चार माध्यमको भूमिका एवम् शुभकामना आदानप्रदान कार्यक्रममा सांसद राईले सो कुरा बताएका हुन । उनले खाद्य र मनोञ्जनको नाममा विकृती बढ्दै गएको भन्दै त्यसतर्फ सूचना प्रवाहमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताए । चाडपर्वमा विशेष गरी खानेकुरामा ध्यान नदिदाँ विरामी हुने, अपरचित स्थानमा जाँदा सुरक्षाको ख्याल गर्नुपर्ने, संस्कृतिको नाममा हुने विकृति जस्ता गतिविधिलाई सचेतनामूलक सूचना सम्प्रेशन गर्न सञ्चारमाध्यमलाई आग्रह गरे ।

फरक प्रसंगामा सांसद राईले अवको पत्रकारिता विकास निर्माणमा केन्द्रित हुनुपर्ने बताउँदै राजनीतिक विषयबस्तुभन्दा निर्माण पक्षमा भएको कमजोरी र सुधारको सवालमा वकालत गर्नुपर्ने बताए ।

त्यस्तै नेकपा प्रदेश ३ का प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य रामेश्वर फुयाँलले राजनीति संगै संस्कृतिको निर्माणमा जोड दिनुपर्ने बताए । उनले आफ्नो अभियान पनि सम्पदा संरक्षण तथा निर्माणको पक्षमा रहेको बताउँदै विशाल कागको मूर्ति निर्माण गर्न लागिएको बताए । उनले प्रदेश ३ को विकास तिब्र गतिमा अघि बढिसकेको बताउँदै दुई वर्षभित्र प्रदेश ३ का सडकहरु कालोपत्रे हुने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेस प्रदेश ३ का प्रवक्ता एवम् प्रदेश सभा सदस्य प्रभात तामाङले चाडपर्वमा विशेष गरी विसंगति अर्थसंग जोडिएर आउने गरेको बताए । उनले सबै नेपालीले आफ्नो क्षमताअनुसार पर्वलाई सहज रुपमा मनाउन आग्रह गरे । सांसद तामाङले चाडपर्वको समयमा मूल्यवृद्धि हुने र त्यसको अनुगमनमा सरकार चुकेको बताउँदै संस्थागत भ्रष्ट्रचार समेत मौलाउँदै गएकोप्रति गम्भीर हुन सरोकारवालाहरुलाई सचेत गराए ।

कार्यक्रममा कलाकार, सञ्चारकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायत व्यक्तिहरुको सहभागी थिए । उक्त कार्यक्रममा प्रारम्भ खबरका सम्पादक भिम लामाले विकृति र विसंगति न्यूनिकरणमा आफ्नो सञ्चार माध्यमले उल्लेख्य भूमिका निभाउँदै आएको बताए । सामाजिक परिवर्तन र विकास निर्माणका पक्षमा समेत खबरदारी तथा सूचना सम्प्रेशन गर्दै सञ्चार माध्यमले खेल्नुपर्ने भूमिकामा कुनै पनि कसुरी बाँकी नराखेको र अगामी दिनमा पनि निःस्वर्थ र निष्पक्ष भएर पत्रकारिताको मार्यदामा रहेर सञ्चार गरिने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.