चीनको ७० औं स्थापना दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना

असोज १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीनको ७० औं स्थापना दिवसका अवसरमा चीनका प्रधानमन्त्री ली केक्विआङलाई बधाई र शुभकामना सन्देश दिएका छन् ।

उनले ट्विटरमार्फत् पनि चिनियाँ र अंग्रेजी भाषामा शुभकामना दिएका हुन् । उनले नेपाली जनता र आफ्नोतर्फबाट चीन सरकार र चिनियाँ जनतालाई शुभकामना दिएका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.