दसैंका लागि खसीबोकाको बिक्री वितरण सुरू

असोज १३, काठमाडौं । दसैंको लागि खसीबोकाको बिक्री वितरण सुरू भएको छ । खसीबोकाको प्रतिकेजी ५५० र च्याङग्रा प्रतिकिलो ७३० रुपैयाँ मूल्यमा बिक्री वितरण सुरू गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ ।

विभागले दिएको जानकारी अनुसार हाल बजारमा जिउँदो खसी तथा बोकाको मासु प्रतिकिलो ६ सय २० रुपैयाँ सम्म रहेको भएता पनि ९जीउँदो० खसी तथा बोकाको मासुमा प्रतिकिला ७० रुपैयाँ घटाएर मूल्य निर्धारण गरेको विभागले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले हाल मुस्ताङबाट ल्याइएको ५ सय वटा च्याङग्रा र बीरगञ्जबाट ल्याइएको ३८० वटा खसी, बोका दसैंको लागि बिक्रीमा राखेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.