राजधानीबाट सात दिनमा आठ लाख यात्रु बाहिरिए

असोज १३, काठमाडौं । दसैं मनाउनका लागि संघीय राजधानी काठमाडौंबाट सात दिनमा आठ लाख ३५ हजार यात्रु बाहिरिएका छन् ।

दसैंको लागि अग्रिम टिकट बुकिङ खुलेको असोज पाँच गतेदेखि १२ गते आइतबारसम्म उपत्यकाका तीन जिल्लाबाट यी संख्यामा यात्रु दसैं मनाउन घर गएका हुन् ।

यस्तै पाँचदेखि ११ गतेसम्म ८० हजार ३४१ वटा सवारीसाधन उपत्यका भित्रिएका छन् भने ८८ हजार ८० वटा सवारीसाधन उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जीवन श्रेष्ठले जानकारी दिए । “उपत्यकाका सबै टिकट काउन्टरहरुमा हामीले सादा पोसाकमा प्रहरी परिचालन गरेर यात्रुबाट बढी भाडामा टिकट काट्ने, टिकटमा लेखेभन्दा फरक नम्बरको बसमा चढाउने, टिकटमा बस नम्बर नलेख्ने, सिट क्षमताभन्दा बढी संख्यामा यात्रु चढाउने चालक र टिकट काउन्टरका कर्मचारीलाई कारबाही तीव्र पारेका छौं,” एसपी श्रेष्ठले भने । यस पटकको दसैं मनाउन करिब २५ लाख यात्रु विभिन्न जिल्लाका लागि उपत्यकाबाट बाहिरिने महाशाखाले अनुमान गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.