असोज १२, काठमाडाैँ । नेपालमा जारी तेस्रो संस्करणको साफ यू १८ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र बंगलादेश भिड्दैछन ।
हल्चोकस्थित सशस्त्र प्रहरी बल एपीएफको मैदानमा दुवै टिम पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा हुने छन । र, तेस्रो संस्करणमा च्याम्पियन बन्ने नयाँ टिम थपिनेछ ।
अघिल्ला दुई संस्करणको उपाधि नेपालले जितेको थियो । घरेलु मैदानमा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो । नयाँ च्याम्पियन बन्न भारत र बंगलादेश तयार समेत छन ।
सेमिफाइनलमा शानदार जित निकाल्न सफल दुवै टिमलाई उपाधिका मुख्य दाबेदार मानिएका छन ।

