साउदीमा नयाँ भिसा कार्यक्रम लागु

असोज १०, साउदी अरेबिया । साउदी अरेबियाले विदेशीहरुका लागि नयाँ भिसा जारी गरेको छ ।

साउदीले ४९ मुलुकका लागि नयाँ भिसा योजना सुरु गरेको हो । मुलुकको पर्यटकीय क्षेत्रमा विदेशी लगानी भित्र्याउने उद्देश्यले नयाँ भिसा कार्यक्रम ल्याइएको साउदीले जनाएको छ । पुरातनवादी मुस्लिम अधिराज्य साउदी अरेबियाले महिलाका लागि निकै ुस्ट्रिक्ट ड्रेस कोडु (खुला पहिरनमा प्रतिबन्ध) थियो । उक्त ड्रेस कोड अनुसार महिलाले पूर्णरुपमा शरीर छोप्ने कालो वस्त्र लगाउनु पर्थ्यो ।

पर्यटन प्रमुख अहमेद अल(खातिबले रोयर्टससँगको कुराकानीमा भने,‘अब महिला पर्यटकका लागि पूरा शरीर ढाक्ने लुगा लगाउनु अनिवार्य मानिने छैन । तर, सार्वजनिक स्थानहरुमा भने भद्र पोशाक लगाउनु पर्नेछ ।  साउदी सरकारले सन् २०३० सम्ममा कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत लगानी भित्र्याउने उद्देश्यले नयाँ भिसा कार्यक्रम ल्याइएको बताइएको छ । ८० अमेरिकी डलरमा भिसा अनलाइन उपलब्ध गराइएको बताइएको छ । महिलाका लागि पनि कुनै प्रतिबन्ध नभएको जनाइएको छ । तर, मस्लिम धार्मिक स्थल मक्का र मदिनामा भने प्रवेश निषेध गरिएको छ । जसमा चीन, जापान, युरोप र अमेरिकालाई विशेष प्राथमिकतामा राखेको छ । – अलजजिरा

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.