प्रारम्भ बखर ।
असोज १०, काठमाडौँ । चर्चित गायक तथा संगीतकार विश्व दोङ र गायिक जमुना योञ्जनको संयुक्त स्वरमा रहेको पूर्वेली सेलो ‘घुम्दै फिर्दै’ गीत सार्वजनिक भएको छ ।
शुक्रबार राजधानीको जोरपाटीमा एक कार्यक्रमवीच उक्त गीत तथा भीडियो सार्वजनिक गरिएको हो । अन्र्तराष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष टासी तामाङको प्रमुख आतिथ्यता र वरिष्ट संगीतकार तथा गायक चन्द्रकुमार दोङ, गायिका तथा राष्ट्रिय युवा परिषद केन्द्रिय सदस्य शशीकला मोक्तान, तामाङ कलाकार संघका अध्यक्ष सञ्जीव वाईवा, लगायत विशिष्ट व्यक्तित्वहरुको आतिथ्यतामा उक्त गीत तथा भीडियो सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यक्ष टासी लामाले कलाकारिताको माध्यमबाट समाज परिवर्तनमा सहयोग पु¥याउन सफल रहेको भन्दै तामाङ कलाकारहरुले आफ्नो कला, संस्कृति तथा संस्कारलाई जीवन्त प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । गायक तथा गायिकाको प्रसंशा गर्दै गीत संगीतले समुदायकै अस्तित्वलाई बचाउन सफलता हासिल गरेको र पछिल्लो समयमा गायकद्वाय दोङले सिंगो नेपाली समुदायको भूपरिभेषलाई समेटिएर आफ्नो प्रस्तुती पस्काउन सफल भएकोमा बधाई तथा शुभकामना समेत व्यक्त गरे ।

त्यस्तै लोकप्रिय सेलो किङको रुपमा चिनिएका संगीतकार तथा गायकले चन्द्रकुमार दोङले सालिन र मन्द्रमुक्त भाषामा संगीतको व्यख्या गर्दै आफ्नो जीवनको संघर्षका अनुभावलाई प्रस्तुत गरी भिडियोमाथी प्रसंशा गरे । गायक दोङ र गायिका योञ्जनको सार्वजनिक म्यूजिक भिडियोले सम्पुर्ण नेपाली दर्शक तथा स्रोताको चाँडै मन जित्न सफल हुने दावी गर्दै शुभकामना व्यक्त गरे ।
पर्पल स्टिडियोमा रेकर्ड गको उक्त गीतमा लय÷शव्द संगीत गायक विश्व दोङ आफ्नै र एरेन्ज फनिन्द्र राईको रहेको छ । जिग्मे मिडिया प्रोडक्सनबाट सार्वजनिक गरेको सो भीडियो छायाँकन तथा सम्पादन सूर्य लामाले गरेका हुन भने कोरियोग्राफी अभि लामाले गरेका हुन् । भिडियोमा गायक दोङ, गायिका योञ्जन, कृष्ण ब्लोन र मीना तामाङले अभिनय गरेका छन् ।
भिडियो लिंक https://youtu.be/Tly3V9FVUos?t=79

