असोज १०, रौतहट । रौतहटमा रिभल्वर र गोलीसहित एकजना पक्राउ परेका छन् । चन्द्रपुर नगरपालिका–१ बागमती गैह्रीगाँउ बस्ने ५७ वर्षीय मणिराज श्रेष्ठलाई रिभल्वर एक थान र सोको गोली एक राउण्ड सहित प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा उनी सुत्ने ओछ्यानमा उक्त रिभल्वर र गोलीसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

