अष्ट्रेलियामा अर्काको फेसबुक लाइक हेर्न नपाइने

असोज १०, वाशिङट्न । सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियामा आजबाट प्रयोगकर्ताको पोस्टमा लाइकको संख्या लुकाउने भएकोे छ । अस्ट्रेलियाका प्रयोगकर्ताले अर्काको पोस्टमा गरिएका लाइकको संख्या वा जनाइएका प्रतिक्रिया हेर्न नपाउने जनाइएको छ ।

गत जुलाई महिनामा यो विवादास्पद परिवर्तनको परीक्षण इन्स्टाग्राममा सुरू गरिएको थियो । प्रयोगकर्तामाझ सामाजिक दबाव घटाउने प्रयासस्वरूप लाइकको संख्या घटाउन चाहेको फेसबुकको भनाइ छ । आफ्ना पोस्टमा चाहिँ गरिएका लाइकको संख्या प्रयोगकर्ताले हेर्न पाउने कम्पनीले जनाएको छ । कम्पनीकी प्रवक्ता मिआ गार्लिकले अस्ट्रेलियन एसोशिएटेड प्रेसलाई भनिन्, “लाइक वा पोस्टमा जनाइएका प्रतिक्रियाको संख्यामा भन्दा अन्तरक्रिया तथा विषयस्तुको गुणस्तरबारे मान्छेले ध्यान दिऊन् भनेर हामीले संख्याको कुरा हटाउन लागेका हौँ ।” यो परिवर्तन आफूहरूले मानसिक स्वास्थ्यविज्ञ तथा एन्टिबुलिङ (अर्कालाई होच्याउने कामविरुद्ध) समूहहरूसँग छलफल गरेको गार्लिकले जनाएकी छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.