सम्झौंता छिटो कार्यान्वयन गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

असोज ९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य सम्पादन सम्झौंतामा उल्लेख गरिएका जिम्मेवारी जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्रालयलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षको प्रारम्भिक दुई महिनामा मन्त्रालयहरुले गरेको कामको समिक्षात्मक बैठकमा बोल्दै आफूसँग गरिएको कार्य सम्पादन सम्झौंता जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बिहीबार बसेको सो समिक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयनको काममा तीव्रता दिन पनि आफूहरुलाई सचेत गराएको कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले जानकारी दिए ।

एक महिना अघि प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुसँग र मन्त्रीहरुले आ– आफनो मन्त्रालयका सचिवसँग एक वर्षे कार्य सम्पादन सम्झौंता गरेका थिए । त्यसैमा केन्द्रित भएर सबै मन्त्रालयको चालू आर्थिक वर्षको दुई महिनाको कार्य प्रगति समिक्षा गरिएको हो । बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको तर्फबाट सबै मन्त्रालयको कार्य प्रगति विवरण पेश गरिएको थियो भने त्यसमा सबै मन्त्रालयका मन्त्री र सचिवहरुले आ–आफ्ना मन्त्रालयको कामको प्रगति र काम गर्न देखिएको नीतिगत समस्याका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । यता, प्रधानमन्त्री ओलीले बजेट कार्यान्वयनमा तीव्रता दिन मन्त्रीहरुलाई सचेत गराएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.