लुक्लाबाट आएको हेलिकप्टर बनेपामा आकस्मिक अवतरण

असोज ९, सोलुखुम्बु । सोलुखुम्बुको लुक्लाबाट बिहीबार बिहान उडेको हेलिकप्टर काभ्रेको बनेपामा आकस्मिक अवतरण गरेको छ ।

सोलुबाट काठमाडौं आउने क्रममा सिम्रिक एयरको हेलिकप्टर बनेपामा आकस्मिक अवतरण गरेको हो । लुक्लाबाट आएको हेलिकप्टर आकस्मिक अवतरण भएको जानकारी आएपनि के कारणले अवतरण भएको हो भन्ने खुलिनसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराम सापकोटाले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.