ट्रम्पसँग परराष्ट्रमन्त्री ज्ञवाली

असोज ८, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनकी पत्नी सरस्वती ज्ञवाली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलाइना ट्रम्पद्वारा आयोजित स्वागत समारोहमा मंगलबार सहभागी भएका छन् ।

अमेरिकी राष्ट्रपतिले हरेक वर्ष राष्ट्र संघको महासभामा सहभागी हुन आएका विभिन्न देशका प्रतिनिधिमण्डलका नेतालाई स्वागत गरेर उनीहरुसँग फोटो खिचाउने चलन छ । यसपालिको चालु ७४ औं महासभामा नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै ज्ञवाली अहिले न्यूयोर्कमा छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.