महाधिवेशनपछि कांग्रेसभित्रको गुटबन्दी अन्त्य हुन्छः डा.कोइराला

असोज ७, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेताहरुले मन्चबाट हात उठाएर हामी मिल्यौं भनेर मात्रै पार्टीभित्रको समस्या समाधान नहुने र गुटबन्दीको अन्त्य पनि नहुने बताएका छन् । नेताहरुको कार्यशैलीमा परिवर्तन नआएसम्म पार्टीभित्रको तिक्तता नमेटिने पनि उनले बताए ।

नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानको समापन कार्यक्रमलाई नुवाकोटको बिदुरमा संबोधन गर्दै कोइरालाले १४औं महाधिवेशनपछि पार्टीभित्रको गुटबन्दी र भागबण्डाको राजनीति अन्त्य हुने दाबी गरे ।  कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह तामाङ, नुवाकोट कांग्रेसका सभापति जगदिश्वर नरसिंह केसी, पूर्व सांसद शोभाकर पराजुली, जागरण अभियानका लागि नुवाकोटका लागि खटिएका प्रतिनिधिहरुले बोलेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.