असोज ५, काठमाडौं । नेपाल वादोरियो कराँते डो संघले अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताहरुमा पदक बिजेता खेलाडीहरुलाई सम्मानित गरेको छ ।
आइतबार राजधानीको बसुन्धारामा कार्यक्रमको आयोजना गर्दै नेपाल वादिरियो कराँते डो संघले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दै स्वर्ण, रजत र कास्य पदक जित्ने १६ जना खेलाडी र २ जना अफिसियलहरुलाई सम्मानित गरेको हो । सम्मानित हुनेमा अष्ट्रेलिया मेलबर्नमा सम्पन्न सुकोकाई कराँते प्रतियोगितामा रजत पदक हासिल गर्न सफल खेलाडी सिमोन खत्री त्यस्तै कम्बोडियामा सम्पन्न दोस्रो कामित्सुमा ओइकाई अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा कांस्य विजेता पुरुषोत्तम पोखरेल विशाल खड्गी भारतको अहमवादमा सम्पन्न आईएसकेयु अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा पदक जित्ने ८ जना खेलाडी रहेका छन ।
त्यस्तै भारतकै विषाखा पटनममा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी भई पदक जित्ने ५ जना खेलाडी र दुई जना अफिसियललाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल र नेपाल वादोरियो कराँते संघका अध्यक्ष तथा कराँते महासङ्घका महासचिव केसीले संयुक्तरुपमा सम्मानित गर्नुभएको थियो । यस्तै कार्यक्रमकै दौरान राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्यसचीवलाई समेत स्वागत गरिएको थियोे ।

