हाँडीगाउँमा हाम्रो सोचद्वारा रक्तदान कार्यक्रम सम्पन्न

असोज ४, काठमाडौं । सामाजिक संस्था हाम्रो सोचले काठमाडौं–५, हाँडीगाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

हाँडीगाउँ ढुंगेधारा पार्कमा शनिबार सम्पन्न भएको उक्त रक्तदान कार्यक्रम कैलाशकुट बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा काठमाडौं ५ (१)का सांसद नारायण सिलवाल, त्यसै वडाका वडाअध्यक्ष रमेश डंगोल लगायतले सहजीकरण गरेका थिए ।सो अवसरमा सिद्धि पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टरले निःशुल्क रुपमा सुगर परीक्षण तथा विशेष छुटमा अन्य जाँच गर्ने व्यवस्था मिलाएका थिए ।

रक्तदान कार्यक्रममा प्रदेश सांसद नारायण सिलवालले संकलित रगतले कुनै मान्छेको ज्यान बच्ने भन्दै आयोजक तथा सहयोगीलाई धन्यवाद ज्ञापन गरे । त्यस्तै वडाध्यक्ष रमेश डंगोलले आफ्नो वडामा यस्ता खालका सामाजिक कामलाई प्रोत्साह गर्ने बताए ।

सोचका अध्यक्ष विजयप्रकाश कर्माचार्यले रक्तदान कार्यक्रम विगत १० वर्षदेखि गर्दै आएको जानकारी दिए । ‘आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने हाम्रो योजना छ,’ उनले भने, ‘रक्तदान जीवन दान हो । धेरैले यो कुरा बुझेर स्वतस्फुर्त रुपमा सहभागिता जनाउनुभएको छ ।’

कैलाशकुट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बिपिन थापाले आगामी दिनमा पनि यस्ता खालका कार्यक्रम भए आफूहरु सहयोगका लागि तयार गरेको बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.