मोटरसाईकल दुर्घटनामा दुईजनाकोे मृत्यु

असोज ४, दाङ । मोटरसाईकल दुर्घटनामा दाङमा दुईजनाको मृत्यु भएको छ । घोराही उपमहमानगरपालिका वडा नं. ९ का २५ वर्षीय मनोज विक र घोराही उपमहमानगरपालिका वडा नं. ५ धर्नाका २५ बर्षकै दीपक विकको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

गएराति घोराहीवाट तुलसीपुरतर्फ जाँदै गरेको रा ४ प ७४९३ नम्वरको मोटरसाइकल अनियन्त्रित भइ सिमेन्टको पिलरमा ठोक्किदा दुर्घटना भएको वताइएको छ । जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले उनीहरु दुबै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति मृत्यु भएको जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.