साफ यू-१८ फुटबल भाेलीबाट, नेपालकाे लक्ष्य उपाधि रक्षा

असोज २, साफ यू–१८ च्याम्पियनसिप भोलीबाट काठमाडौंमा सुरु हुँदैछ । जसमा नेपालले पहिलो खेलमा भोली माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेलको अघिल्लो दिन आयोजना भएको प्रिम्याच कन्फ्रेन्समा बोल्दै नेपाली टिमका प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाल उपाधि रक्षाको अभियानमा रहेको र त्यसका लागि पहिलो खेल देखिनै जित निकाल्ने लक्ष्यमा रहेको बताए ।

यसका साथै उनले माल्दिभ्स टिम राम्रो भएपनि घरेलु मैदानमा नेपाललाई फाइदा रहेको बताए । हलचोक स्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने खेल दिउसो तीन बजेबाट सुरु हुनेछ । नेपाली टिमको कप्तानी दया गुरुङले गर्देछन । यता अफगानिस्तानले पनि नेपाली टिम विरुद्ध अंक खोस्ने लक्ष्य रहेको बताएका छन ।

नेपाली टिमका प्रशिक्षक श्रेष्ठले यसपटकले टिम निकै ब्यालेन्स रहेको र स्ट्राइकरमा मनिश डाँगी आएपछि टिम झन बलियो भएको बताए । साविक विजेताको नाताले नेपाललाई जित्नेपर्ने दबाव रहेको भएपनि मैदान विना दबाव उत्रने उनले बताए । समुह ए मा रहेको नेपालले दोस्रो खेलमा भुटानसँग खेल्नेछ ।

यसका साथै कार्यक्रममा ट्रफि पनि सार्वजनिक गरिएको थियो । सबै टिमका कप्तानले एकसाथ ट्रफि सार्वजनिक गरेका थिए ।

नेपाली टिम

गोलकिपरः विशला सुनार, सूर्य अधिकारी र पुजन होना

डिफेन्डरः विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अन्जल महर्जन

मिडफिल्डः शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल, नितिन थापा

फरवार्डः बृजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.