असोज २, काठमाडौं । चलचित्र गोर्खे युनिटले प्रमोशन टुलको रुपमा दोस्रो गीत सार्वजनिक गरेको छ । गाँउभरि हल्ला भो शीर्षकको गीतमा अर्जुन गुरुङ अर्थात् भंगेरी डन र एन्जल श्रेष्ठ लिडमा छन् । गीतमा एक प्रेमीले आफ्नो प्रेमिकालाई भागेर जान फकाइरहेको देख्न पाइन्छ ।
यसअघि निर्माण टिमले सिन्के अचार गीत सार्वजनिक गरिसकेको छ । भुषण खतिवडाको स्वर रहेको गीतमा शब्द र संगीत भने हरि लम्सालको रहेको छ । गीतको कोरियोग्राफी शिव विकले गरेका छन् । ‘गोर्खे’ कोजु इन्टरटेन्मेन्ट ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ कोजु तथा हरि थापाको निर्मााणमा बनेको हो ।

