असोज २, काठमाडौं । सूचना तथा प्रसारण विभागले आर्थिक वर्ष २०७६–७७को छुट दरबन्दी र श्रमजीवी विवरण बुझाउने विवरण असोज ७ गते सम्म भर्न आग्रह गर्दै सूचना प्रकाशित गरेको छ ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘ आव २०७६–७७को लागि सञ्चार प्रतिष्ठानमा (पत्रपत्रिका,टेलिभिजन,एफएम, रेडियो र अनलाइन) स्वीकृत दरबन्दी र श्रमजीवी विवरण भर्न छुट भएका र नयाँ दर्ता भएका सञ्चार प्रतिष्ठानहरुले यस विभागको वेवसाइट http://www.doinepal.gov.np मा रहेको अनलाइन सेवा मार्फत २०७६ असोज ७ गते सम्म भर्नुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।’’


