असोज २ गते सबै सरकारी अस्पतालमा निःशुल्क ओपिडी सेवा

भदौ ३१, काठमाडौं । आउँदो असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा निःशुल्क ओपिडी सेवा पाइने भएको छ ।

असोज ३ मा पर्ने संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले त्यसको अघिल्लो दिन आफू मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाको बहिरंग ९ओपीडी० सेवाको टिकट निःशुल्क गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूअन्तर्गतका संघीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट ०७६ असोज २ का दिन ओपीडी सेवाको टिकट निःशुल्क हुने जनाएको छ । यसका लागि सम्बन्धित सबैलाई सर्कुलर गरिसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, ओपीडी निःशुल्क भए पनि अन्य सेवा भने पूर्ववत प्रवाह हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.