अन्तराष्ट्रिय पारालिम्पिक कमिटीका अध्यक्ष नेपालमा

भदौ २९, काठमाडौं । अन्तराष्ट्रिय पारालिम्पिक कमिटीका अध्यक्ष एन्ड्रयू पार्सनले नेपालमा अपांगता खेलकुदको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

तीन दिने भ्रमणका लागि शुक्रबार नेपाल आई पुगेका अध्यक्ष एन्ड्रयूले शनिबार राष्ट्रिय पारालिम्पिक कमिटि नेपालसँगको छलफलमा सो बताएका हुन् । छलफलमा बोल्दै अध्यक्ष एन्ड्रयूले पारालिम्पिकको अन्तराष्ट्रिय मान्यता प्राप्त नेपालको आधिकारिक संस्था राष्ट्रिय पारालिम्पिक कमिटि नेपालले अपांगता खेलकुदको विकासमा पु¥याएको योगदानको खुलेर प्रसंशा गरे । छलफलमा राष्ट्रिय पारालिम्पिक कमिटि नेपालका अध्यक्ष राधा घलेले सिमितस्रोत साधनका बाबजुद संस्थाले नेपालमा पारा खेलकुदको विकासका लागि वृहत योजनाका साथ अगाडी बढीरहेको बताउँदै नेपालमा अपांगता भएका खेलाडीहरुलाई प्रशिक्षण दिई अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि गराईरहेको बताइन् ।

अन्तराष्ट्रिय पारालिम्पिक कमिटीका अध्यक्ष एन्ड्रयू पार्सन ३ दिने भ्रमणका क्रममा सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुसँग पारा खेलकुदको विकासका विभिन्न पक्षहरुमा छलफल गरी आइतबार भुटान प्रस्थान गर्नेछन् । एशिया भ्रमणको क्रममा अध्यक्ष एन्ड्रयू शुक्रबार जापानबाट नेपाल आएका हुन् । आज शनिबार अध्यक्ष एन्ड्रयूलाई राष्ट्रिय पारालिम्पिक कमिटि नेपालले अपांगता भएका खेलाडीहरु सहित चन्द्रागीरि, स्वयंभू र हनुमानढोकाको भ्रमण गराएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.