बालकलाई अपहरण आरोपमा दुई जना भारतीय पक्राउ

भदौ २७, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं।४ का एघार वर्षीय जगत दमाईलाई अपहरण गरेर लगेको आरोपमा प्रहरीले दुई जना भारतीयहरुलाई पक्राउ गरेको छ ।

साधुको भेषमा आएका भारतीय नागरिकले केही दिन अघि सिमावर्ती भारतीय बजार बसही जाने क्रममा आफुलाई ललाइफकाई जेरी र समोसा खान दिई बेहोस पारी सम्पूर्णानगर पुगाएको र पछि त्यही रहेका पुनर्वास कै व्यापारीहरुले अपहरणकारीहरुबाट आफुलाई छुटाएको पीडित बालक जगत दमाईले बताएका छन् । पीडित बालकले अपहरणकारीहरुको पहिचान गरेपछि पुनर्वासका स्थानीयको सहयोगमा दुवै जनालाई पक्राउ गरिएको हो । बालकको बयानका आधारमा उनीहरुलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी नायव निरीक्षक भुपाल थापाले जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.