नेपाल र मलेसिया सरकारबीच श्रम समझदारी कार्यान्वयनमा

भदौ २६, काठमाडौँ । नेपाल र मलेसिया सरकारबीच नेपाली श्रमिक मलेसियामा लैजाने गरी विहीबार सहमति भएको छ ।

मलेसियास्थित कोलाम्बपुरमा तीन दिनसम्म दुई देशका प्राविधिक समितिको बीच लगातार भएको बैठकले सो विषयमा सहमति जुटाउन सफल भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेको नेतृत्वमा बैठकका लागि गएको टोलीले तीन दिन लामो गहन छलफलपछि सो बारेमा सहमति जुटाउन सफल भएको छ ।

बैठकको नेतृत्व गर्दै मलेसिया रहनुभएका सहसचिव घिमिरेले गोरखापत्रसँगको कुराकानीमा यसअघि भएको सम्झौता अनुसार नै शून्य लागतमा नेपाली श्रमिक मलेसियाले लिने सहमति भएको जानकारी दिनुभयो । नेपाल र मलेसिया सरकारबीच गत कात्तिक १२ गते शून्य लागतमा नेपाली श्रमिक लैजानेबारे सहमति भएको थियो । सहमतिपछि बाँकी रहेका विषयलाई टुंगो लगाउन दुबै देशमा प्राविधिक समति गठन गरिएको थियो । ती समितिको चरण चरणमा बैठकपछि बल्ल यस विषयमा अन्तिम टुंगो लागेको नेपालको तर्फबाट प्राविधिक समितिका संयोजकसमेत रहनु भएका घिमिरेले जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.