प्रारम्भ खबर ।
भदौ २६, काठमाडौ ।बज्र इन्टरनेश्नल कलेज जोरपाटीले यस बर्ष कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेका छन् ।

काठमाडौमा आज एक कार्यक्रम गरी बज्र इन्टरनेश्नल कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेका हुन् । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरुको सहभगिता रहेको थियो । बौद्दको कुसल पाटि प्यालेसमा भएको उक्त स्वागत कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुले विभिन्न मनोरञ्जनात्मक प्रस्तुति देखाएका थिए ।

स्वागत कार्यक्रममा बोल्दै बज्र कलेजका अध्यक्ष चन्द्र प्रसाद पौडेलले संख्यात्मक रुपमा विद्यार्थीहरु बढाउनु मात्रा कलेजको सफलता नभई विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिन सक्नु सबै भन्दा ठुलो सफलाता भएको बताए । त्यस्तै सहायक प्रिन्सिपल रत्नमान आँसुले उज्ज्वल भबिष्य कोर्न बज्र कलेजमा भर्ना हुना आएका विद्यार्थीहरुलाई अनुशासित भइ आफ्नो पढाईमा लाग्न आग्रह गरे । नयाँ भर्ना भाएका विद्यार्थीहरुलाई कलेजको तर्फबाट नोट कपि र कलम दिएर स्वागत गरेका थिए ।
तस्बीरहरु हेर्नुहोस्


